रास्वपा केन्द्रीय समिति बैठकले के के निर्णय गर्‍यो ?

20

काठमाडौँ, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ को अवधारणा पत्र अनुमोदन गरेको छ । केन्द्रीय समिति बैठकले यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ ।

साथै रास्वपाले सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सर्वोच्चबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको समेत उल्लेख अग्रेको छ ।

रास्वपाले रवि लामिछानेले संगठित अपराध गरेको नभइ राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष निकालेको छ ।

त्यस्तै, रास्वपाले गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भइ पार्टीले यसअघि नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने दृष्टान्त अनुरुप “यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको” सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

पार्टीले तेश्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरु आयोजना गर्ने साथै यस अवसरमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म एवम् प्रवासमा समेत स्वतः स्फूर्त रुपमा विभिन्न कार्यक्रमहरु गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै, रास्वपाको बैठकले पार्टी सहमहामन्त्री एवम् सांसद सुमना श्रेष्ठ केन्द्रीय सदस्य एवम् विधायिकी भूमिकामा केन्द्रित रहने मनसाय राखी सहमहामन्त्री पदबाट दिएको राजीनामा तथा केन्द्रीय सदस्य अनिल केशरी शाहले उपयुक्त जिम्मेवारीका लागि केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अनुमोदन गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...