प्रधानमन्त्रीले उत्तेजक अभिव्यक्ति दिन पाइँदैन, आइन्दा नदोहोरियोस् : गगन थापा

22

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिकलाई उत्तेजनामा ल्याउने अभिव्यक्ति नदिन आग्रह गर्नुभएको छ ।

सोमबार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभयो ।

उहाँले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्री स्वयंले नै उत्तेजक अभिव्यक्ति दिनु कल्पनाभन्दा बाहिरको कुरा भएको बताउनुभयो ।

उनले भने, “हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू आइन्दा नदोहोरियोस् ।”

प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुने र सोहीअनुसार तयारी अवस्थामा बस्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...