सुमना श्रेष्ठको राजीनामा स्वीकृत

30

काठमाडौँ, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा सुमनाको राजीनामा स्वीकृत भएको जानकारी गराइएको हो ।

श्रेष्ठले दिएको राजीनामा यही जेठ ९ गते नै स्वीकृत भएको बैठकमा जानकारी दिइएको थियो । प्रतिनिधिसभा सांसदसमेत रहनुभएकी श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा अहिले विधायकी भूमिकामा समय दिने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...