सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच किमाथाङ्कामा भेटवार्ता

4

खाँदबारी, ५ जेठ । उत्तरी क्षेत्र किमाथाङ्का नाकामा सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबीच शनिबार भेटवार्ता भएको हो । त्यसअवसरमा सीमा सुरक्षा, नाका नियमित बनाउने र सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा कुराकानी भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

यस्तै, नेपाल र चीन जोड्ने मितेरी पुल तथा सडक निर्माण गर्न चीन सरकार सकारात्मक रहेको र लगानीको वातावरण बनाइदिन आग्रह गरेको उहाँले बताउनुभयो ।

प्रजिअ पोखरेल, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतसहितको टोलीले किमाथाङ्कास्थित भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, विभिन्न सीमास्तम्भको निरीक्षण गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...