कम्युनिस्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन् : झलनाथ खनाल

10

काठमाडौँ, ३ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (समाजवादी पार्टी)का नेता झलनाथ खनालले मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई सडक र सदनबाट अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

शनिबार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भण्डारीको देश भक्तिपूर्ण दृष्टिकोण अविस्मरणीय रहेको भन्दै कम्युनिस्ट आन्दोलनमा ठुलो योगदान पुर्‍याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिस्ट आन्दोलनभित्र गलत विचार र चिन्तनसँग लड्ने कुराहरुमा ठुलो योगदान पुर्‍याउनुभयो र कम्युनिस्ट आन्दोलनलाई सडक साथै सदन दुवै क्षेत्रबाट अगाडि बढाउने कुरामा पनि उहाँहरुले महत्त्वपूर्ण योगदान दिनुभयो । खासगरि कमरेड मदन भण्डारीलाई सम्झिँदा उहाँको देशभक्तिपूर्ण आन्दोलन, देशभक्तिपूर्ण दृष्टिकोण बडो अविस्मरणीय छ ।’

उहाँले नेता भण्डारीले नेपाली कांग्रेसको सरकारले भारतसँग टनकपुर सन्धिको नाममा अपमानजनक गरेको सन्धिको भण्डाफोर गर्ने काम त्यतिबेला महत्त्वपूर्ण रहेको बताउनुभयो ।

‘हामीले संसदमा त्यतिबेला आठ घण्टा उभिएर टनकपुर सन्धिको विरोध गरेका थियौँ । संसदीय संघर्ष गरेका थियौँ । नेपालको इतिहासमा नै अविस्मरणीय छ । जुन संघर्षको परिणाम स्वरुप असफल भयो । सो संघर्षलाई देशभक्तिपूर्ण भावनाको उचाइलाई सम्मान गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...