गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : प्रचण्ड

7

बैतडी, २ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताउनुभएको छ । उहाँले चाँडो उक्त पदमा नियुक्तिको टुङ्गो लगाउन आग्रह गर्नुभयो ।

आज बैतडीको पाटनबाट नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका उहाँले राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने भए पनि ढिलाइ भइरहेकोप्रति विरोध जनाउनुभयो ।

“गभर्नर तुरन्तै नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन, यो जनताको हितविपरीत छ”, उहाँले भन्नुभयो । तराई-पहाड, हिमाललाई एकताबद्ध रुपमा जोड्न र आर्थिक समृद्धिमा टेवा पुर्‍याउन मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

पहाडका जनताका समस्या समाधान गर्न सरकारलाई खबरदारी गरिने उहाँको भनाइ छ । यसैगरी सुदूरपश्चिमको विकास नभइ देशको विकास सम्भव नहुने धारणा उहाँले राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...