काठमाडौँ, २५ वैशाख । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत् मल वितरणको प्रक्रिया व्यवहारिक नरहेको बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच किलो मात्र प्राप्त गर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हरेक वर्ष जब मुख्यबाली धान रोप्ने बेला हुन्छ । किसानले पर्याप्त मल पाउँदैनन् । कोटा प्रणालीमार्फत् मल वितरण हुन्छ । तर, त्यो व्यवहारिक र सहज छैन । किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्छ ।’
त्यस्तै, उहाँले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै पर्याप्त मात्रामा मलको उलपब्ध गराउनका लागि र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।