काठमाडौँ, २२ वैशाख । नेकपा (माओवादीका केन्द्र) सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम भए पनि यसमा बजेट प्रर्याप्त नभएको भन्दै आवश्यक बजेट व्यवस्था गरी समस्याको समाधान गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम थियो । यस कार्यक्रमअन्तर्गत स्विकृत लाभग्राही २ लाख १४ हजार थिए । लाखौँ परिवार आज प्रभावित छन् । २०८२ र ०८३ आर्थिक वर्षमा विनियोजित रकम ३५ करोड थियो । आवश्यक रकम दुई अर्ब ९६ करोड छ । सरकारले पैसा दिने आशामा ७५ हजार ऋण लिएर छानो हालियो, ब्याज आज डबल भयो । जनता सुरक्षित होइन असुरक्षित भएका छन् । ऋणको पासोमा परेर आत्महत्या गर्ने जस्तो अवस्था जनताको भएको छ । आवश्यक बजेट व्यवस्था गरी समस्याको समाधान गरियोस । सरकार छैन भनिरहेका बेला सरकार देखा पर्नुपर्यो ।’