संघीय लोकतान्त्रिक गणतन्त्र एवम् संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : प्रचण्ड

19

काठमाडौँ, २० वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम् संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय भएको बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे–३) का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ”, अध्यक्ष दाहालले सन्देशमा भन्नुभएको छ, “प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको अवश्यकता हो, यस आवश्यकतालाई व्यावहारतः कार्यान्वन गर्न प्रेस जगत निरन्तर लाग्ने विश्वास लिएको छु ।”

अध्यक्ष दाहालले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न प्रेरित गरोस् कामना गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...