कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सधैँ अग्रस्थानमा छ : सभापति देउवा

27

काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिहरुको सम्मान र हकहितको विषयमा नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउनुभएको छ ।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै उहाँले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभिँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘श्रमिहरुको सम्मान र हकहितको विषयमा श्रमिक आन्दोलनलाई सक्षम र श्रममैत्री बनाउन नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय छ । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभ्याउँदै आएको छ ।’

साथै उहाँले नेपाली कांग्रेस श्रमिहरुलाई सीमित अधिकार दिलाउने पक्षमा सधैँ अग्रस्थानमा रहेको बताउनुभयो । उहाँले स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्दै श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सधैँ अग्रस्थानमा छ । सामाजिक सुरक्षाले श्रमिकहरुको आफ्नो सम्मान गर्दै आफ्नो भविष्यको सुनिश्चित गर्ने विश्वास लिएको छु । स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्नुछ । श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा नयाँ बजेट ल्याउनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...