मेयर बालेन र जापानका राजदूतबीच भेटवार्ता

14

काठमाडौँ, १८ वैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा प्रमुख शाहले काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्नुभयो । सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराउनुभयो ।

राजदूत तोरुले काठमाडौँ र जापानका सहरहरुका बीचमा सहरी आचरणसम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...