कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव

11

काठमाडौँ, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताउनुभएको छ ।

आइतबार ललितपुरको कुपण्डोलमा आयोजित सम्प्रभुतासम्बन्धी छलफलमा बोल्दै उहाँले एमसिसी सम्झौता कुर्सी र सत्ताका लागि मात्र भइरहेको भन्दै कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो,‘आज पनि के देख्छौँ भने एमसिसी सम्झौता पनि मात्र कुर्सी र सत्ताका लागि मात्र भइरहेको छ । कुर्सीसँग सार्वभौमिकता लेनदेन गर्दा सुगौली सन्धिदेखि एमसिसी सम्झौतासम्म पनि त्यहीँ देखिएको छ । नेताहरुले गरेको त्रुटीको मूल्य चाहिँ नागरिकले चुकाउनुपर्ने आजसम्मको विडम्बना हो ।’

त्यस्तै, उहाँले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणबाट प्रष्ट भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो स्वाधीनता कस्तो छ भन्ने कुरा शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणबाट छर्लङ्ग भएको छ । केही समय पहिले केपी ओली थाइल्याण्ड नै जानुभएको थियो । नेपालीहरु त्यो त्यहीँ थाइल्याण्ड पर्खेर बसेको थिए । बाबुराम भट्टराईजी अहिले भारत जानुभएको छ । त्यहीँ कुरेर बसेको होलान् । अहिलेको अवस्था थाइल्याण्ड कुरेर बसिराख्नु परेको छ । नेपालका शासक, राजनीतिज्ञ, बुद्धिजीवी र पत्रकारको मनस्थिति कस्तो छ, देउवाको भ्रमणबाट एउटा सानो आँखीझ्याल जस्तो देखिन्छ । यसबाट सिंगो इतिहासलाई बुझ्न सकिन्छ ।’

उहाँले अहिले राजनीतिमा केपी सरकार ढल्छ कि ढल्दैन भन्नेमा गलत बहस भइरहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...