राजनीति भ्रष्टाचार र पैसा कमाउनका लागि गरेको होइन : प्रधानमन्त्री ओली

12

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनका लागि नभइ इमानको राजनीति गर्ने बताउनुभएको छ ।

आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताउनुभयो ।

‘हामी सचेत छौँ । हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो । भ्रष्टाचारको राजनीति होइन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नका लागि, आफन्तको बन्दोबस्थ गर्नका लागि, आफ्ना मान्छे जागिर खुवाउनका लागि होइन । सामाजिक परिवर्तनका लागि प्रयास गरिरहेका छौँ भन्ने कुरा हामीले कहिलेपनि हेक्का छोड्नुहुँदैन,’ उहाँले भन्नुभयो ।

मदन भण्डारीलाई सम्झँदै उहाँले मदन भण्डारी फाउण्डेशनले जनताको बहुदलीय जनबादलाई पक्रिदै ढृढताका साथ अघि बढ्ने बताउनुभयो । उहाँले फाउण्डेशनले मदन भण्डारीको विचारलाई जोगाइराख्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...