ज्ञानेन्द्र शाह र संवाद सचिवलाई कारबाही गरियोस् : ठाकुर गैरे

24

काठमाडौँ, १४ वैशाख । नेकपा (एमाले)को सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधिसभामा बोल्दै उहाँले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरीतको एउटा वक्तव्य आयो, डा.फणिराज पाठक, सम्वाद सचिवका नामबाट वक्तव्य प्रकाशित भयो । त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ ?’
साथै उहाँले यस्तो लेख्नेमाथि तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो लेख्न कसरी सकिन्छ, यस्तो लेख्न कसरी सम्भव भयो ? संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? त्यसो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ? संवाद सचिव नाम रहेका फणिराज पाठक र समवेदना बक्सने ज्ञानेन्द्रवीर विक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु ।’

पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गर्नुभएको थियो जसमा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव लेखिएको छ । उहाँले जारी गरेका अन्य वक्तव्यमा समेत त्यही लेख्ने गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...