कम्युनिस्टहरुले आशा र भरोसा गुमाए, परिणाम दिएनन् : विप्लव

27

काठमाडौँ, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनताले कम्युनिस्टलाई गरेको आशा एवम् भरोसा अनुसार परिणाम नआएको बताउनुभएको छ ।

बिहीबार पुस्तक ‘विचार विश्लेषण’को लोकार्पण कार्यक्रममा उहाँले कम्युनिस्टलाई गरेको आशा एवम् भरोसा अनुसार परिणाम सधैँ नकरात्मक नै आएको भन्दै कम्युनिस्टहरुमा विचलन आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘परिणाम नकरात्मक नै आइरहेको छ । परिणाम जनताले चाहेको जस्तो आएको छैन । कम्युनिस्टलाई गरेको आशा, भरोसा अनुसार परिणाम आएको छैन । सरकारमा जाने कम्युनिस्टहरुको पनि विचलन नै देखिरहेको छ । वर्ग, लिङ्ग, सामाजिक दुष्टिकोण सबैमा विचलन देखिएको छ ।’

यस्तै, उहाँले जनताले माओवादीलाई जस्तो ऊर्जा र साथ दिएका थिए त्यो नपचेको भन्दै नेपालको अहिलेको अवस्थाका लागि सबैभन्दा बढी जिम्मेवार माओवादी नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अहिलेको अवस्थाका लागि सबैभन्दा बढी जिम्मेवार हामी माओवादी नै हौँ । किनभने जनताले हामीलाई बन्दुकको लडाइमा पनि साथ दिए । अहिले पनि साथ दिएकै छन् । जनताले माओवादीलाई जस्तो ऊर्जा दिएको थियो त्यो पचेन । हामीले त्यसको सहि सदुपयोग गर्न सकेनौँ । नराम्रो खालको संस्कृति देखापर्‍यो ।’

पुँजीवाद हावी भएको बेला पन्छिने होइन, जनताको साथमा उभिएर अगाडि बढ्नुपर्ने ठाउँमा पनि कम्युनिस्टको भूमिका नदेखिएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...