शिक्षकहरुको समस्या सरकारले वार्तामार्फत् नै टुङ्ग्याउँछ : अर्थमन्त्री पौडेल

19

काठमाडौँ, १० वैशाख । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले वार्तामार्फत् नै टुङ्ग्याउने बताउनुभएको छ ।

बुधबार अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग भएको छलफलमा बोल्दै उनले शिक्षकहरुको समस्याको समाधानमा सरकार सकारात्मक रहेको भन्दै शिक्षकहरु र सरकारबीचमा वार्ताको माध्यमबाट नै समस्याहरु टुङ्गो लगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरु आन्दोलनमा आउनुभएको छ । सरकारले उहाँहरुलाई सम्मानपूर्व सम्बोधन गर्दै आएको छ । सरकारको आग्रह के हो भने यो सरकारले शिक्षकका अथवा कुनै पनि समुदायको समस्याहरु सुुन्छ । सामर्थ्यको सीमाभित्र रहेर समाधान गर्छ । त्यसैले ज्ञापन पत्र मागपत्रको माध्यमबाट पनि समाधान गर्न सकिन्थ्यो । तर, उहाँहरु आन्दोलनमा आउनुभयो र सरकारले वार्तामा आउनुहोस् भनेर जोड दियो । नआएपछि अनौपचारिक रुपमा शिक्षा मन्त्रालयले कसरी समाधान गर्ने भनेर छलफल पनि गर्‍यो । सरकारले माग पूरा गर्छ उहाँहरुले आन्दोलन फिर्ता लिने र विधेयक चालु अधिवेशनमा प्रस्तुत गर्ने र टुङ्ग्याउने ढंगले जाउ भन्ने हिसाबले कुरा भएको हो । सरकार सकारात्मक समाधानको पक्षमा नै छ । शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट नै टुङ्गिन्छ ।’

त्यस्तै, बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले जनताको आकांक्षा र छिमेकी मुलुकको विकासलाई हेर्दा अर्थतन्त्र खस्किँदो रहेको बताउनुभयो । जसको कारणले अर्थमन्त्रालय र सरकारलाई थप चुनौती थपेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...