काठमाडौँ, ८ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (सोमबार) अपराह्न करिब ५ बजेतिर भेटेर उहाँले राजीनामा दिनुभएको हो ।
स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उहाँको सचिवालयले नेपाल न्यूज बैंकलाई जानकारी दिएको छ । तर, प्रधानमन्त्रीको सचिवालयले राजीनामाबारे जानकारी नभएको जनाएको छ ।
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईको राजीनामा आएको हो । उहाँले शिक्षा ऐन पारित नभए राजीनामा दिने बताउनुभएको थियो ।