अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

18

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेस गरेको छ ।

आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.शिवराज अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेस गर्नुभएको हो ।

उक्त प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई समाधान गर्नका निम्ति सशक्त पहल गर्दै आइरहेको बताउनुभयो । उहाँले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्र सुध्रिँदै लयमा फर्किरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई समाधान गर्नका निम्ति सशक्त पहल गर्दै आइरहेको छ । अर्थतन्त्रका सबै परिसूचकहरु हेर्नुभयो भने अघिल्लो वर्षको तुलनामा केही सुधारहरु गर्न सकेका छौँ । अर्थतन्त्र सुध्रिँदै छ । अर्थतन्त्र लयमा फर्किँदै छ ।’

साथै उहाँले अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ नभइ स्थिरतातर्फ अघि बढेकाले अस्थिरतावादी प्रवित्ति भने यो स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोसिस गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ होइन स्थिरतातर्फ अघि बढेको छ । तर, अस्थिरतावादी प्रवित्ति भने स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोसिस गरिरहेका छन् । अस्थिरतावादी, प्रतिज्ञावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सिर्जना भइरहेका छन् । तर, अस्थिरता सिर्जना गर्ने कोसिसहरु निकाम हुने छन् । मुलुकले एउटा सुनिश्चत स्थिरताको यात्रा तय गर्ने छ । स्थिरताका निम्ति मात्रै स्थिरताको खोजेका होइनौँ, सरकार टिकोस्, रहोस्, चलोस् भन्नका निम्ति मात्रै स्थिरताको खोजी गरेका होइनौँ, स्थिरताको उद्देश्य संविधानको रक्षा, संविधानको प्रभावकारिता कार्यान्वयन एवम् आर्थिक सामाजिक क्षेत्रमा सुधार, अग्रगामी परिवर्तनकारी सुधार मुख्य उद्देश्य हो ।’

Share This:
सम्बन्धित खबर
Loading...