बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु

19

रौतहट, ५ वैशाख । बाराको भुइपुल नजिकको क्षेत्रमा कार र ट्रिपर ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नाम नखुलेका कार चालक एक जना र सर्लाही बरहथवा नगरपालिका–१५ हजरियाका नारायणहरि शर्मा रहेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पथलैया–निजगढ सडकखण्डको १३ किलो भन्ने स्थानमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको बारा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कारलाई ठक्कर दिने ट्रिपरका चालक फरार रहेकालाई खोजी भइरहेको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...