फेसबुक–एक्स नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

23

काठमाडौँ, ५ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका सबै संस्थाहरु पुरानो पञ्चायत नीति एवम् कानुनअनुसार चलिरहेको बताउनुभएको छ ।

शुक्रबार सञ्चारिक समूह नेपालको ९औँ महाधिवेशनमा बोल्दै उहाँले सञ्चार मन्त्रालयबाट कानुन, नीति बन्न नसकेको भन्दै पञ्चायत नीतिमा सञ्चार क्षेत्र चलिरहेको बताउनुभयो ।

‘मन्त्रालयमा एकदमै ठुलो समस्या छ । बहुदल आएपछि २०४६ सालपछि एउटा मात्र कानुन बनेको छ । प्रेस काउन्सिलसम्बन्धी कानुन । अर्को २०८१ को असारमा सूचना प्रविधिसम्बन्धी ऐन बनेको छ । त्यसबाहके सबै पुरानो छ । रेडियो, टेलिभिजन, हुलाक, रासस, सबै सञ्चार क्षेत्रसँग जोडिएका संस्थाहरुको नीति पुरानो पञ्चायतकालको छ । कानुन पनि पञ्चायतकै छ । यसमा हामीले काम गर्नुपर्ने छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले आम सञ्चार विधेयकको ड्राफ बनाउन लागेको जानकारी दिँदै सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्ने औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल विधेयक रोकिएको छ । मेटा, एक्स, गुगल, टिकटकहरुले नेपालको कानुन मान्ने कि नमान्ने, नेपालको संविधान मान्नुपर्छ कि पर्दैन, दर्ता हुने कि नहुने ? उनीहरुको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधिनताका विरुद्धमा बोल्यो भने समाजमा ठुलो प्रभाव पर्नसक्छ । त्यसैले तिनीहरुको पनि नियमन हुनुपर्छ । त्यसले प्रेस स्वतन्त्रतालाई खोस्दैन ।’

Share This:
सम्बन्धित खबर
Loading...