वीरगञ्जमा निषेधाज्ञाको अवधि थपियो

24

वीरगञ्ज, ३१ चैत । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) को समय बढाएको छ ।

आज मध्याह्न १२ बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...