सरकारले शिक्षकका माग जतिसक्दो चाँडो संवादबाट सम्बोधन गर्नुपर्छ : गगन थापा

15

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत दश दिनदेखि आन्दोलनरत शिक्षकका मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले भन्नुभयो, “शिक्षकका माग सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्छ, आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्काउन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जिम्मेवारी बोध गर्नुपर्छ ।” शिक्षकको आन्दोलन लम्बिँदै जाँदा शैक्षिक सत्र प्रभावित हुने उल्लेख गर्दै उहाँले जतिसक्दो चाँडो मन्त्रिपरिषद्को बैठक राखेर उनीहरुको माग सम्बोधन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

“पछिल्लो समयमा शिक्षकले राखेका कतिपय माग कानुन नबनाइ हल गर्न सकिन्न, शिक्षकको मर्यादाक्रम, स्वास्थ्य उपचार, दरबन्दी मिलान, विद्यालय कर्माचारीका कुरा, राहतको बिदा सञ्चितिजस्ता विषय हामीले गर्नैपर्छ”, महामन्त्री थापाले भन्नुभयो । कानुन निर्माणको विषयमा सरकारले चाँडै संसद् अधिवेशन बोलाउनुपर्ने उहाँको भनाइ थियो ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब लगायतका मागसहित यही चैत २० गतेदेखि शिक्षकहरु आन्दोलनरत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...