काठमाडौँ, २९ चैत । गत चैत्र १५ गते काठमाडौँको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो ।
प्रसाईंसहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ ।
राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।
सम्बन्धित समाचार
तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै