म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्युरोको अनुरोध

11

काठमाडौँ, २८ चैत । पछिल्लो समय सामाजिक सञ्जालमार्फत् केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्युरोले अनुरोध गरेको छ ।

ब्युरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत् अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...