काठमाडौँ, २६ चैत । खेलकुद तथा युवामन्त्री तेजुलाल चौधरीले नेपालमा आँखा उपचार सेवा एकदमै राम्रो हुँदै गइरहेको बताउनुभएको छ ।
मंगलबार नेपाल आँखा अस्पतालको ५१औँ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले नेपालमा आँखा उचार सेवा एकदमै राम्रो हुँदै गइरहेको भन्दै आगामि दिनमा पनि अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि यो संस्थाले विकट र दुर्गम गरिब दुःखी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै सेवा सुविधालाई समयानुकुल र प्रभावकारी हुन सकोस् भन्ने अपेक्षा लिएको छु । अहिले नेपालमा आँखा उपचार एकदम राम्रो भइरहेको छ । भारतबाट पनि अहिले नेपालमा उपचारका लागि आउने गरेको छन् ।’
त्यस्तै, उहाँले विभिन्न बाधा अवरोध र कठिनाइका बाबजुत पनि यस अस्पताललाई अहिलेको स्थानसम्म ल्याएकोमा धन्यवाद दिनुभयो ।
उहाँले विश्वस्तरमा नै नेपालका आँखा अस्पतालहरु राम्रो र उत्कृष्ट छ भन्ने कुरा पुष्टि भएको पनि बताउनुभयो ।