बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : सुजाता कोइराला

22

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआईले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशन मात्र नभएर नेपाललगायत विश्वभरका राष्ट्रहरुको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना हो । यसले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।’

यस्तै, उहाँले चीनको नेतृत्वमा अगाडि बढिरहेको यो प्रयोजनाले भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै नेपाल जस्तो भूपरिवेस्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय व्यापार मार्गहरुमा पहुँचको लागि पनि सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका लागि बिआरआई एउटा राम्रो अवसर हो । चीनको नेतृत्वमा अगाडि बढिरहेको यो प्रयोजनाले हाम्रो भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ । नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय व्यापार मार्गहरुमा पहुँच आवश्यक छ । बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्न सक्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...