माओवादीको १० वर्षे हिंसाको राजनीतिका कारण नेपालमा काम गर्ने वातावरण बनेन : शंकर पोखरेल

22

काठमाडौँ, २५ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको भन्दै युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘२०४६ सालमा राजनीतिक दलहरुले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए । मुलुकमा हिंसाको राजनीति सुरु भयो । २०५२ सालदेखि १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गर्‍यो, जसका कारणले नेपालमा काम गर्ने वातावरण नै भएन । युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव हुँदैनथ्यो । त्यो एक दशक हामीले त्यसरी गुजार्‍यौँ ।’

त्यस्तै, उहाँले नेपालमा राजनीतिक दलहरुले जम्माजम्मी १७ वर्ष मात्रै देशको नेतृत्व गर्न अवसर पाएको बताउनुभयो । नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय नपाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘नेपालका राजनीतिक दलहरुको इतिहास ७५ वर्षको मात्रै छ । युरोप–अमेरिकामा राजनीतिक दलहरुको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । त्यो समयदेखि उनीहरुले लगातार काम गर्न पाएका छन् । तर, नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय भएका छैनन् ।’

परम्परागत कृषिलाई आधुनिकीकरणमा बदल्ने मात्र हो भने विदेशीनु पर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...