हर्क साम्पाङको व्यङ्ग्य- ‘मेलम्चीको पानी नआए पनि श्रमदान गरेर ल्याउँछु’

562

काठमाडौँ, २५ चैत । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उहाँहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो,‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजिकरण गर्ने छ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला ।’

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै, साम्पाङले आफूले धरानको खानेपानीको समस्या राखेको र समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराउनुभयो ।

उहाँले मेलम्चीमा नै पानी नआएकोमा व्यङ्ग्य गर्दै भन्नुभयो, ‘मेलम्चीको कुरामा पनि म एकदिन श्रमदान गर्न आउँछु, सोचिरहेको छु । मैले श्रमदान गरेपनि म ल्याउँछु फेरि, म चाहिँ त्यस्तो हो । गर्छु भनेपछि गर्छु । कोसिस गर्दा गर्दै ज्यान गएपनि जाओस् ।’

Share This:
सम्बन्धित खबर
Loading...