लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ

9

काठमाडौँ, २५ चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताउनुभएको छ ।

आइतबार साँझ काठमाडौँ आउनुभएका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताउनुभयो ।

‘लोकतन्त्रको अनुभव भएको छैन । भोलि सिंहदरवार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिति छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधरण जनताले मन्त्रीलाई भेट्न सक्छ ?,’ उहाँले अगाडि भन्नुभयो, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुन सुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसकेपछि त्यहाँ पार्टीगत लविङ, पार्टीगत सेटिङभन्दा माथि उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भइरहेको छ ।’

उहाँले सरकारले जनप्रतिनिधि र जनताको कुरा नसुन्ने र जसको कारण पनि जनता रुष्ट भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...