आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ : प्रचण्ड

16

काठमाडौँ, २४ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताउनुभयो ।

नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

Share This:
सम्बन्धित खबर