काठमाडौँ, २४ चैत । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले आगो सुरक्षासम्बन्धी ठोस योजना बनाएर अगाडि बढिरहेको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नाशदेखि वातावरण प्रदूषणमा पनि ठुलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनीकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सरकारले जति पहल प्रयास गर्दा पनि अहिले धेरै ठाउँमा वन डढेलो लागिरहेको छ । जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदूषणमा पनि ठुलो भूमिका खेलेको छ । त्यसैले सरकारले यसलाई गम्भिरताकासाथ लिएको छ । यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु भइरहेको छन् । सरकारले आगो सुरक्षासम्बन्धी ठोस योजना बनाएर अगाडि बढिरहेको छ । आगामि दिनमा पनि थप प्रभावकारी बनाउने सरकाले तयारी गरिरहेको छ ।’
त्यस्तै, उहाँले आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति, वन्यजन्तुको नाश, व्यक्तिगत, सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठुलो असर र प्रभाव पारिरहेको बताउनुभयो । समयक्रम अनुसार आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्यूनीकरण गर्नका लागि अझै प्रयास गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति, वन्यजन्तुको नाश र यसले व्यक्तिगत सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठुलो असर र प्रभाव पारिरहेको छ । यसलाई समयक्रम अनुसार हामी अहिले बद्लिँदो परिवेशमा छौँ । त्यसले गर्दा आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्यूनीकरण गर्नका लागि धेरै प्रयासहरु भएका छन् । नेपालको सन्दर्भमा अझै हामी लाग्नु पर्ने देखिन्छ ।’