आइसीटी सम्भावनाभन्दा बढी आवश्यकता हो : गगन थापा

11

काठमाडौँ, २३ चैत । नेपाली कांग्रेसको महामन्त्री गगन थापाले नेपालमा आइसीटीको सम्भावनाभन्दा बढी आवश्यकता रहेको बताउनुभएको छ ।

शनिबार एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको कार्यक्रममा बोल्नुहुँदै उहाँले आइसीटीको आवश्यकता महसुस गरेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा आइसीटीको एकदमै धेरै प्रचुर सम्भावना छ । सम्भावना जति छ त्यो भन्दा बढी आवश्यता छ । यो आवश्यकतालाई महसुस गरेनौँ र समयमा जोड्न सकेनौँ भने वा दुईचार वर्षपछि गर्छौँ भन्यौँ भने पछि पर्ने छौँ । रेल छुटिसक्छ । अहिले नै गर्नुपर्ने छ । आजै हामीले काम गर्नुपर्ने छ ।’

उहाँले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन युवाभन्दा उत्पादन बाहिर पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो इकोनमीमा ठुलो धक्का चाहिएको छ । हाम्रा युवहरुभन्दा पनि हाम्रो उत्पादन बाहिर बेचेर विदेशी मुद्रा ल्याउनु पर्ने छ । ग्रोथ मात्र होइन जब पनि चाइएको छ । यी सबै कुराको लागि फिट हुने सेक्टर भनेको आइसीटी नै हो ।’

उहाँले आइटी क्षेत्रको सम्भावनालाई महसुस गरेर सरकारले पनि २०२४ देखि २०३४ सम्मका लागि एउटा दशकको रुपमा मनाउने घोषणा गरेको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर