काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज (मंगलबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्नुभएको छ । संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
यसअघि, चैत्र १८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।