चैत्र १५ को घटनामा सम्पूर्ण रुपमा ज्ञानेन्द्र शाह दोषी छन् : विश्वप्रकाश शर्मा

40

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत्र १५ गते भएको घटनामा सम्पूर्णरुपमा पूर्वराजा दोषी रहेको बताउनुभएको छ ।

आइतबार संघीय भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले मान्छे मारिएको घटनामा पूर्वराजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बिपी कोइरालाले सशस्त्र संघर्षको बेलामा जे जति घटनाहरु भए अदालतमा बयान दिँदा भन्नुभयो, म प्रत्यक्ष रुपमा सहभागि थिइन तर पनि मेरो आह्वानमा भएकोले प्रत्येक घटनाको बारेमा म नैतिक जिम्मेवारी लिन्छु । आज नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन ? मान्छे मारिएको घटनामा बोल्नुपर्छ कि पर्दैन ? कस्तो राजसंस्था खोजेको हो ? पत्रकार मारिदा दुःख लाग्यो भन्ने विज्ञप्तिसम्म पनि पत्रिकाले छाप्नेगरी पठाउनुपर्छ कि पर्दैन ? कस्तो संवैधानिक राजा खोजेको हो ? त्यसैले यो घटनामा सम्पूर्णरुपमा पूर्वराजा दोषी छन् । पूर्वराजालाई संविधानले प्रद्धित्व गरेको नागरिकको हक अधिकारभन्दा बढी राज्यले लिएको छ ।’

उहाँले सरकारले चाहे पूर्वराजाले पाएका सेवासुविधा खोसिन सक्ने भन्दै पूर्वराजाले आाफ्नो सीमामा बस्नुपर्ने बताउनुभयो ।

यस्तै, नेपाली कांग्रेसका संसद चन्द्र भण्डारीले नेपालको संविधानको संरक्षणको बारेमा नसोच्नु, अराजकताको अन्त्यका लागि नसोच्नु पनि सरकारको कमजोरी भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...