हेटौँडा, १५ चैत । मकवानपुरमा आज बिहान बस र म्याजिक भ्यान ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२ नम्बरको म्याजिक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
म्याजिक गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।