प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा दिव्या रायमाझी

11

काठमाडौँ, १० चैत । प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

आइतबार काठमाडौँमा आयोजित एक समारोहकाबीच कन्सल्टेन्सीका प्रमुख नवराज प्रसाईले उहाँलाई एम्बेसडरको घोषणा गर्नुभएको हो ।

कार्यक्रममा अभिनेत्री रायमाझीले उक्त कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा एकदमै खुसी लागेको भन्दै आगामी दिनहरुमा यस कन्सल्टेन्सीको माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाइड गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘विगत ७ वर्षदेखि नै यस कन्सल्टेन्सीले विद्यार्थीहरुरुको हितमा काम गरिरहेको यो नै ठुलो सफलता हो जस्तो लाग्छ । कन्सल्टेन्सीलेको काम देखेरै मलाइ साच्चै खुसी लागेको छ । आगामी दिनहरुमा कन्सल्टेन्सीका माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाइड गर्नेछु ।’

त्यस्तै, कन्सल्टेन्सीका प्रमुख प्रसाईले यतिबेलाकी युवा पुस्तामाझ लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको व्राण्ड ऐम्बेसडरको रूपमा नियुक्ति गराउन पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

त्यस्तै, अभिनेत्री दिव्या रायमाझीको उपस्थितिमा मार्च २७ का दिन संस्थाले युके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्न लागेको पनि उहाँले जानकारी गराउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...