पूर्वराजालाई राष्ट्रिय झन्डाले स्वागत गर्दा दलहरुको मुटु–कलेजो हल्लियो : ज्ञानेन्द्र शाही

42

काठमाडौँ, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने मार्क्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई मार्क्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ । गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने मार्क्स, लेलिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन । त्यो चाहिँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नुभएको छ ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झन्डामा स्वागत गरेको हो । कसैका विरुद्धको आन्दोलनमा होइन । स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरुको विरुद्ध आन्दोलन गर्नुपर्‍यो भने हालत के हुन्छ । यो कुरा याद गरेर संसद्‌मा आवाज उठाइदा विचार पुर्‍याइयोस् ।’

साथै, पूर्वराजालाई राष्ट्रिय झन्डामुनि स्वागत गर्दा दलहरुको मुटु, कलेजो हल्लिएको उहाँले टिप्प्णी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...