हेटौँडा, ७ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा-९ पशुपतिनगरमा ट्रकसँग ठोक्किँदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ ।
बिहीबार बिहान विरगञ्जबाट ग्यास बोकेर धादिङको धार्केतर्फ जाँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको भारतीय ग्यास बुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसँग ठोक्किँदा ग्यास बुलेट सडक किनारमा पल्टिएको हो ।
बुलेटको बेक्र फेल भएर ट्रकसँग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । तर, दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
ग्यास भरि रहेका कारण थप क्षति हुन नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भइरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताउनुभयो ।