काठमाडौँ, ४ चैत । नेपाल प्रहरीको ३१औँ महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त हुनुभएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले दीपक थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।’
३०औँ महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिदेखि अवकाश हुँदै हुनुहुन्छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी) प्रमुखका रुपमा कार्यरत एआइजी थापाले भोलि चैत ५ देखि कार्यभार सम्हाल्दै हुनुहुन्छ ।