वंशतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन : झलनाथ खनाल

1

काठमाडौँ, ४ चैत । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वंशतन्त्रलाई बोक्न यो राष्ट्र तयार नभएको बताउनुभएको छ ।

सोमबार ‘मैले बुनेका रहर’ बोलको गीत बिमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले हामीले नयाँ रहरहरु सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले वंशतन्त्रको युग पार गरेर लोकतन्त्रको युगमा आएका हौँ । यो देशमा जतिसुकै पदहरु बढुन् । हर पदमा जनताले निर्वाचन गरेको व्यक्ति मात्र रहन पाउँछ । ०६२÷६३ को परिर्वतनको सन्देश यो पनि हो । अब फेरि वंशतन्त्रलाई बोक्न यो राष्ट्र तयार छैन ।’

उहाँले हामीले नयाँ रहरहरु सिर्जना गरी समाजमा भएका अन्याय, दमन, शोषणको अन्त्य गर्ने रहरको सिर्जना गर्नतिर लाग्नुपर्ने पनि बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...