इतिहासको रथ पछाडि फर्किँदैन : माधव नेपाल

13

काठमाडौँ, २६ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताउनुभएको छ ।

सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उहाँले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगति, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सिध्याउन खोज्ने कुनै पनि प्रवृत्ति निन्दनीय छ, अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किँन सक्दैन । प्रगति, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो । यो राजाबाट सम्भव छैन । इतिहासले यो कुरा भनि सकेको छ । फेरि त्यो निरङ्कुश शासनमा जनता जाँदैन ।’

Share This:
सम्बन्धित खबर
Loading...