कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको हो : महामन्त्री शर्मा

16

काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थनीतिको कारण आजको यो अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्, प्रतिकुलता र अस्थिरताको बीचमा सामाजिक न्यायसहितको उदार अर्थ व्यवस्थाको नीति जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यूनरुपमा सही रोजगारीको जे जस्ता अवस्था सिर्जना भएका छन् । निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ । यसलाई जिबी भन्दा फरक पर्दैन । गिरिजाप्रसाद कोइरालाले लिएको नीतिको कारणले हो ।’

उहाँले संसद् पाँच वर्ष टिक्ने र सविधान संसोधनको लागि छलफल गरिरहेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसले “राजनीतिक विमर्शको केन्द्रमा रोजगार– सरकारको प्राथमिकतामा रोजगार“ भन्ने लक्ष्यका साथ “मिसन रोजगारी“ अभियान सञ्चालन गरेको छ ।

आइतबार नेपाली कांग्रेस पार्टी कार्यालय तथा नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा सञ्चालन हुने यस अभियानको उद्घाटन भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...