समाज र विज्ञान पछाडि फर्किँदैन : गृहमन्त्री लेखक

19

डडेलधुरा, २२ फागुन । गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडि नफिर्किने बताउनुभएको छ ।

बिहीबार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्नुहुँदै राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो ।

‘देशमा गणतन्त्र आइसकेको छ, केही साथीहरुले राजतन्त्र पुनःस्थापना कुरा गरिरहनुभएको छ ।’
गृहमन्त्री लेखकले अगाडि भन्नुभयो, ‘लोकतान्त्रिक व्यवस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन । निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो । अब यो ठाउँबाट पछाडि होइन अगाडि बढ्ने हो ।’

त्यसैगरी उहाँले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक रहेको भन्दै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गर्नुभयो ।

जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणा राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...