गौर राइस मिलको जमिन बिक्री नगर्न माग गर्दै प्रदर्शन

20

रौतहत, २१ फागुन । रौतहटको गौर राइस मिलको जमिन बिक्री नगर्न माग गर्दै संघर्ष समितिले प्रदर्शन गरेको छ ।

गौर राइस मिलको जग्गा बचाउ समितिले चर्को नाराबाजीसहित निस्केको जुलुसले गौरको बिपी हुँदै अदालत, जिल्ला प्रशासन, खानेपानी, गौर नगरपालिकाको कार्यालय अगाडि आएर समापन भएको हो ।

सो समितिले गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्र बुझाउँदै युवा नेता बजरंगी गुप्ताले नगरवासीको हितका लागि उक्त निर्णयलाई सच्याउन आग्रह गर्नुभयो । यदि त्यसो नभएमा चरणबद्ध रुपमा संघर्ष जाने उहाँले चेतावनी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा गएर सहायक प्रमुख जिल्ला अधिकारी नवीन यादवसमक्ष पनि ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो । गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निःशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताउनुभयो ।

गौर राइस मिलको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उहाँको भनाइ छ । गौर नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने नगरपालिकाको बोर्डबाट निर्णय गरेको उहाँले स्पष्ट पार्नुभयो । यस निर्णयको विरोधमा समाजिक सञ्जालमा केहीले बिरोध गर्दै टीका टिप्पणी गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...