अध्यादेशमा प्रतिपक्षीले काँडै काँडा देखे, सरकारले फूलै फूल देखेको छ : मन्त्री गुरुङ

20

काठमाडौँ, २१ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले जारी गरेको अध्यादेशविरुद्धमा प्रतिपक्ष भएपछि विरोध गर्नुपर्छ भन्ने सोचले मात्र विरोध गरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो प्रतिपक्षले काँडैकाँडा मात्र देखे सरकारले फूलै फूल देखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले जारी गरेको अध्यादेशबारे छलफलको क्रममा ७ जना मान्यहरुले आफ्नो भनाइ राख्नुभएको छ । सबैभन्दा पहिला म के अनुरोध गर्न चाहान्छु भने अघिल्लो पटकको अध्यादेशको यसै छलफलमा बोल्न आउने यी धेरै मान्यहरु सत्ता पक्षमा हुनुहुन्थ्यो अनि यही अध्यादेशको बारेमा कसरी वकालत गर्नुभएको थियो त्यो हेरेपछि प्रष्ट हुन्छ । त्यसकारण यो अध्यादेश फूलको आँखामा फूलै संसार काँडाको आँखामा काडै संसार भने जस्तो हो । उहाँहरुले काँडैकाँडा मात्र देख्नुभएछ हामीले फूलै फूल देख्या छौँ । प्रतिपक्षमा हुनुभएका दलहरुसँग बल त हुन्छ विरोध गर्ने तर विषय नै पाउनु भएन कहाँ र कुन दफामा विरोध गर्ने भनेर, उहाँहरुको अभिव्यक्तिबाट मलाई त्यस्तै लाग्यो । विरोध गर्नुपर्छ भनेर गर्नुभयो त्यति हो ।’

यसका साथै उहाँले आज सुशासन कायम गर्ने कुरा, सार्वजनिक सेवालाई प्रवाह गर्नुपर्ने कुरा आजको दिनमा अति आवश्यक भएको हुनाले राष्ट्रिय र प्रतिनिधि दुवै सदन नचलेको बेला अध्यादेशमार्फत् ल्याएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...