कुलमानलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने राप्रपाको चेतावनी

20

काठमाडौँ, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदन दुवैबाट आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिएको भन्दै कुलमानलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठाउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होइन कि शून्य अंक दिने रे फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो ? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदै छ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ ।’

त्यस्तै उहाँले सरकारले विधिको शासन उल्लङ्घन गर्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...