काठमाडौँ, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध जनाउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनिलाई फाइदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरिरहेको छ, विभिन्न बहनामा आफ्ना कार्यक्रता भर्ती गर्न पाएन भनेर निष्काशन गरिरहेको छ । विभिन्न परिपञ्चहरु सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौं भने हजारौँ कुलमान ल्यानेछौँ ।’
साथै, उहाँले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाउनुभएको छ ।
श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा कसैले अवकाश प्राप्त गरेको वा रोजगारी अन्त्य भएको १५ दिनभित्र पारिश्रमिक, सुविधानलगायतको भुक्तानी गरिसक्नु पर्ने प्रावधान रहेको भए पनि सरकारले तीन वर्षसम्म पाउनुपर्ने सेवा सुविधावापतको रकम नदिएको बताउनुभयो ।
उदयपुर सिमेट कम्पनीबाट अवकाश पाएका १०३ जनामध्ये केहीको पैसाको अभावमा उपचार गर्न नसकेर मृत्यु भइसहेको र केही अझै अस्पतालमा रहेको बताउनुभयो । उनीहरुले पाउनुपर्ने सेवासुविधा तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सांसद झाले सरकारको ध्यानाकार्षण गराउनुभयो ।