कुमलान घिसिङलाई हटाउन सरकार निरन्तर प्रतिशोध साँधिरहेको छ : सांसद पाण्डे

21

काठमाडौँ, २१ फागुन । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधिरहेको बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक बाहाना गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल सरकारको तर्फबाट विद्युत् प्राधिकरणका कार्यकारी महाप्रबन्धक कुलमान घिसिङलाई निरन्तर सरकारले प्रष्टीकरण सोध्ने कुरा सँगसँगै त्यति मात्रै होइन हामीले मिडियाहरुमा बारम्बार सुनिरहेका छौँ । उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हामीले सुनेका छौँ । सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्था गरिरहेको छ । जसले विद्युत् प्राधिकरणलाई नाफामा लगेको छ । आम नागरिकले राम्रो भनेका छन् । जनताले विद्युत् प्राधिकरणलाई राम्रो भनेका छन् । तर, सरकारले शून्य अंक दिएको भनेर हामीले सुनेका छौँ । सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठिक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिएको छ । त्यतिमात्र होइन । लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि निरन्तर प्रतिशोध साँधिएको छ । ’

साथै उहाँले सरकारले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाउनुभयो । कुलमानले आफ्नो कार्य सम्पादनमा झण्डै ९९ अंक दाबी गर्नुभएको थियो । तर, सरकारले शून्य अंक दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...