‘अन्जिला’ प्रर्दशनको तयारीमा

29

पोखरा, २० फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको जीवन कथामा तयार भएको फिल्म ‘अन्जिला’ प्रर्दशनको तयारीमा छ ।

फिल्मका निर्देशक मिलन चाम्सले एन्जिलाले जीवनकालमा देखे भोगेका घटनालाई फिल्मका समावेश गरेको बताउनुभएको छ ।

मंगलबार पोखरेली पत्रकार माझ कुरा गर्दै चाम्सले फिल्ममा ९० प्रतिशत कथा एन्जिलाको जीवनको रहेको प्रष्ट्याउनुभयो । ‘फिल्ममा उनको कथा बाधेर आम दर्शकलाई बुझाउन खोजिएको छ । पाँच वर्षको अध्ययनपछि मात्र उनको वायोपिक तयार भएको हो,’ उहाँले भन्नुभयो ।

नेपालमा ‘बायोपिक’ फिल्महरु निकै कम बन्ने गरेको उहाँले सुनाउनुभयो । ‘नेपालका केही मात्रामा यस्ता फिल्म बनाउन कोसिस भएका छन् । बायोपिकको लागि लगानी गर्न खोजिँदैन । बायोपिक फिल्म बनाउनु निकै चुनौती छ । यो फिल्म चल्न जरुरी छ । तब मात्र अन्य व्यक्तिको थुप्रै बायोपिक फिल्म बन्नेछन्,’ उहाँले भन्नुभयो ।

फिल्म समाजको ऐना भएकाले व्यवसायिक फिल्मभन्दा पनि यस्ता व्यक्तिका फिल्म बनाउनुपर्ने उहाँले सुनाउनुभयो । चाम्सले यसअघि ‘ब्लाइन्ड रक्स र वोवी’ नामक दुई वायोपिक फिल्म निर्देशन गरिसक्नुभएको छ ।

एन्जिलामा फिल्ममा अभिनय गर्नुभएका माओत्से गुरुङले फिल्ममा कर्तव्य पूरा गर्न नसक्ने बाबाको भूमिका निभाएको बताउनुभयो । फिल्म यही फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

पाँचथर जिल्लामा जन्मिनुभएकी अन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न थाल्नुभएको थियो । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्नुभएकी उहाँ २०१४ बाट राष्ट्रिय टिममा पर्नुभएको थियो । हल उहाँ राष्ट्रिय महिला टोलीको कप्तान हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...