काठमाडौँ महानगरले गुणस्तरीय शिक्षालाई व्यवहारमै लागु गरेको छ : उपप्रमुख डंगोल

17

काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होइन व्यवहारमा लागु गर्नका लागि निरन्तर प्रयास गरिरहेको भन्दै यसमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होइन व्यवहारमा लागु गर्नका लागि निरन्तर प्रयास गरिरहेका छौँ । महानगरपालिकाको बजेट पनि हेर्न सक्नुहुन्छ, बजेटमा पनि महानगरपालिकाको लागि हाम्रो बालबालिका कति प्राथमिकतामा परेको छ भन्ने कुरा झल्किन्छ । यो काम महानगरपालिका एक्लैले गरेर सम्भव छैन, त्यसको लागि सबै जनाको सहयोग आवश्यक हुन्छ ।’

यसका साथै उहाँले देश निर्माणमा काम गर्ने हो भने पहिला बालबालिकामा काम गर्नुपर्ने भन्दै बालबालिकाहरुलाई समसामयिक शिक्षा दिने अभ्यास र अभियानमा पनि रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...